बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

अनुप स्मृति गोल्डकपको क्वाटर फाइनल यात्रा पुरा

सेमिफाइनलको पहिलो खेल बिहिबार दिउँसो १ बजे चियावारी फुटवल क्लव र नेर्पा स्पोर्टस क्लवबीच हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको दिक्तेलमा जारी सर्वाधिक राशीको अनुप स्मृति गोल्डकपको क्वाटर फाइनल यात्रा पुरा भएको छ । २०६९ जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा पुस १७ गतेदेखि जारी गोल्डकपले बुधबार क्वाटर फाइनल पार गरेको हो ।

बुधबार भएको क्वाटर फाइनल खेलमा खोटाङको नेर्पा स्पोर्टस क्लव नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) सेमिफाइनल प्रवेश गरेका छन् । यसअघि मानेभन्ञ्याङ स्पोर्टस क्लव ओखलढुंगा र चियावारी फुटवल क्लव इलाम सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

माटिकोरे खेलमैदानमा जारी क्वाटर फाइनल खेलमा मितेरी युवा क्लव मोरङलाई २–० गोल अन्तरले हराउदै आयोजक (डिएफसी)ले सेमिफाईनलको यात्रा तय गरेको हो । यस्तै, साकेला गाउँपालिका (खोटाङ)लाई ४–० गोल अन्तरले हराउँदै नेर्पा स्पोर्टस क्लवले सेमिफाइनल यात्रा तय गरेको आयोजकले जनाएको छ । सेमिफाइनलको पहिलो खेल बिहिबार दिउँसो १ बजे चियावारी फुटवल क्लव र नेर्पा स्पोर्टस क्लवबीच हुनेछ ।

दोश्रो खेल आयोजक (डिएफसी) र मानेभन्ञ्याङ स्पोर्टस क्लवबीच हुने छ । माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी(केएफए)को सह–आयोजनामा जारी प्रतियोगीताको फाइनल खेल पुस २३ गते हुने जनाइएको छ ।

प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार र दुई सेमिफाइनलिष्ट टिमले २५/२५ हजार सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाण–पत्र पाउनेछन् । मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

२०७३ चैत २३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण आयोजना गरिएको थियो । पहिलो र दोश्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिड–१९ को महामारीका कारण तेश्रो संस्करण पछाडि धकेलिएको थियो । अनुप स्मृति गोल्डकपलाई तेश्रो संस्करणबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।

अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ । दृर्घटनामा ज्यान गुमाएका छात्रको सम्झना र खेल र खेलाडीको व्यवसायीक बृत्तिकालागि गोल्ड कपको अवधारणा अघि सारिएको मूल आयोजक समिति मूल आयोजक समिति संयोजक सागर जोशीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार