वैशाख २४, २०८१ सोमबार May 6, 2024

अनुप स्मृति गोल्डकप : नेर्पा स्पोर्टस र आयोजक डिएफसी उपाधिको दावेदार

पेनाल्टी सुटआउटमा डिएफसीले मानेभन्ज्याङ स्पोर्टस क्लबलाई हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको दिक्तेलमा जारी अनुप स्मृति गोल्डकपको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) बीच प्रतिष्पर्धा हुने भएको छ । फाइनल खेल शनिबार बिहान ११ बजेपछि हुने खेल संयोजक युधिर शाक्यले बताए ।

बिहीबार दिक्तेलको माटिकोरे खेलमैदानमा भएको सेमीफाइनल खेलमा चियाबारी फुटबल क्लब ईलामलाई ६–२ गोल अन्तरले हराउँदै नेर्पा स्पोर्टस क्लब र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई ६–५ गोल अन्तरले हराउँदै आयोजक डिएफसी फाइनलमा पुगेको हो । पेनाल्टी सुटआउटमा डिएफसीले मानेभन्ज्याङ स्पोर्टस क्लबलाई हराएको हो ।

निर्धारित समयमा एकरएक गोल भएपछि अतिरिक्त समयमा कुनै पनि गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । फाईनलमा पुगेको नेर्पा गोल्डकपको दोस्रो संस्करणको विजेता हो । हारसँगै चियाबारी फुटबल क्लब र मानेभन्ज्याङ स्पोर्टस क्लब सेमीफाइनलिष्ट बनेको छ ।

२०६९ जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी९केएफए०को सह–आयोजनामा गोल्डकप सञ्चालन गरिएको हो ।

अनुप स्मृति गोल्डकप'मा नेर्पा स्पोर्टसको विजयी सुरुवात

गत पुस १७ गतेदेखि जारी गोल्डकपको विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार र दुई सेमिफाइनलिष्ट टिमले २५र२५ हजार सहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टिम प्रशिक्षकले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । अनुशासित टिमले नगद पाँच हजार ५५५ का साथमा ट्रफी र प्रमाण–पत्र पाउनेछन् । मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले नगद सात हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

२०७३ चैत २३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण आयोजना गरिएको थियो । पहिलो र दोश्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिड–१९ को महामारीका कारण तेश्रो संस्करण पछाडि धकेलिएको थियो । अनुप स्मृति गोल्डकपलाई तेश्रो संस्करणबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।

अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ । दृर्घटनामा ज्यान गुमाएका छात्रको सम्झना र खेल र खेलाडीको व्यवसायीक बृत्तिकालागि गोल्ड कपको अवधारणा अघि सारिएको मूल आयोजक समिति मूल आयोजक समिति संयोजक सागर जोशीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार