वैशाख २४, २०८१ सोमबार May 6, 2024

खेल मैदान नहुँदा खेलाडीहरू समस्यमा

मैदान अभावमा खेलकुद गतिविधि प्रायः शून्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जाजरकोट जिल्लामा खेल मैदान नहुँदा यहाँका खेलाडीहरू समस्यामा परेका छन् । जिल्लामा अहिलेसम्म एउटा पनि खेल मैदान बन्न सकेको छैन । खेल मैदान नहुँदा खेलाडीलाई निकै समस्या हुने गरेको छ । मैदान अभावमा खेलकुद गतिविधि प्रायः शून्य हुने गरेको छ ।

जिल्ला सदरमुकाममा खेलकुदका पूर्वाधार बन्ने हो भने यस क्षेत्रको पर्यटन, प्रवद्र्धनका साथै ब्यापार व्यवसाय पनि फस्टाउने र अन्य पहाडी जिल्लालाई सजिलो हुने भएकाले जाजरकोटमा खेल मैदान बनाउन जरुरी रहेको छ ।

जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नर बहादुर बस्नेतले २०७४ सालमा आफ्नै २ रोपनी ३ आना जग्गामा इन्डोर कभर्ड हल निर्माण कार्य शुरु भएका बताउनुहुँदै बजेट अभाव र सम्बन्धित निकायले पनि चाँसो नदिँदा उक्त निमार्ण कार्य रोकिएको र इन्डोर खेल खेलाउन समेत पूर्वाधार नभएको बताउनुभयो  ।

खेलकुद विकास समितिकै नाममा रहेको जग्गामा इन्डोर कभर्ड हलको निमार्ण शुरु समेत भइसक्दा रकम अभावमा निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो । अध्यक्ष बस्नेतले संघ र प्रदेशले जिल्ला सदरमुकामको खेल मैदान निर्माणका लागि कुनै चासो नदेखाएको बताउनुभयो ।

जाजरकोटबाट मात्रै अहिलेसम्म १३ जना खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन् । दुई जना खेलाडीले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन् ।मैदान अभावमा खेलकुद प्रतियोगिता नहुँदा खेलाडी उत्पादन हुन नसकेको पनि उहाँले बताउनुभयो ।

“मैदान भए प्रत्येक बर्ष ४–५ जना खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने थिए होलान् तर मैदान छैन ।”, उहाँले भन्नुभयो, यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग छलफल गर्न आवश्यक छ ।”

यसैगरी जिल्लामा क्रिकेट, फुटबल लगायत खेलकाका लागि खेल मैदान नै छैन । प्रतियोगिता गराउनुपर्दा खलङ्गास्थित त्रिभुवन माविको खेल मैदानमा गराउन बाध्य हुनुपरेको र पढाइमा अवरोध हुने हुँदा विद्यालय प्रशासनले पनि मैदान सजिलै उपलब्ध नगराउने जाजरकोट युवा क्रिकेट क्लबमा अध्यक्ष अनिश काकीले बताउनुभयो  ।

उता भेरी नगरपालिकाको पहल र कर्णाली प्रदेश सरकारको समपूरक बजेटमा भेरी नगरपालिका—१३ कुदुमा सबै खेल खेल्न मिल्ने खालको रङ्गशालाका लागि डिपिआर तयार भएको थियो तर बजेट अभावका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन ।

जाजरकोट जिल्लामा खेल मैदान निर्माण गर्न सकिए यस क्षेत्रका खेलाडीलाई निकै ठुलो राहत हुने र विभिन्न समयमा खेलकुदको आयोजना गरी यहाँको ब्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीय बताउँछन् ।

खेलाडीहरूका लागि खेल मैदान र कर्वडहल को व्यवस्था नहुँदा खेलाडीहरूलाई समस्या हुने गरेको छ । उचित खेल मैदान र कर्वडहलकोे उचित व्यवस्था नभएकाले खेलाडीहरू समस्यामा परेका छन् ।

जिल्लामा हरेक बर्ष सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्डलगायत अन्य प्रतियोगिता गर्नु परे विद्यालयहरूको खेल मैदान प्रयोग पर्ने बाध्यता छ ।

जिल्लामा सञ्चालन हुने खेलकुद, सांस्कृतिक कार्यक्रम वा अन्य सभा सम्मेलन लगायत कार्यक्रमका लागि विद्यालयमा प्रयोग गर्दा विद्याथीहरुको पठनपाठनमा बाधा हुने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार