वैशाख २५, २०८१ मंगलबार May 7, 2024

अनुप स्मृति गोल्डकपः नेर्पा स्पोर्टस क्लबले उचाल्यो उपाधि

हारसँगै आयोजक डिएफसी उपविजेता कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको दिक्तेलमा आयोजित अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले उचालेको छ । शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न प्रतियोगीतामा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० गोल अन्तरले पछि पार्दै नेर्पा स्पोर्टस क्लबले लगातार दोस्रो पटक उपाधि उचालेको हो । हारसँगै आयोजक डिएफसी उपविजेता कायम भएको छ ।

उपाधि विजेता नेर्पा स्पोर्टस क्लबले नगद दुई लाख ५१ हजारको साथमा कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता डिएफसीले नगद एक लाख ११ हजारसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै, सेमिफाइनलिष्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगाले नगद २५/२५ हजारका साथमा कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय महासचिव किरण राईले पुरस्कार हस्तान्त्रण गरेका थिए ।

२०६९ जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी(केएफए)को सह–आयोजनामा गोल्डकप सञ्चालन गरिएको हो ।

पुस १७ गतेदेखि सुरु गरिएको प्रतियोगीतामा विद्यागततर्फ उत्कृष्ट गोलरक्षक डिएफसीका सन्दिप लिम्बु, उत्कृष्ट डिफेन्स डिएफसीका टेकेन राना मगर, उत्कृष्ट मिडफिल्डर डिएफसीका विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल र योङ्गेष्ट प्लेअर अफ द टुर्नामेण्ट दिक्तेलका भुषण ताम्राकार घोषित भए । यस्तै, सर्वाधिक गोलकर्ता नेर्पाका विकि राई, खेलभरीकै उत्कृष्ट खेलाडी डिएफसीका मनिष लिम्बु, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङ र अनुशासित टिमको उपाधि डिएफसीलाई प्रदान गरिएको छ । विद्यागत रुपमा उत्कृष्ट घोषित खेलाडी, प्रशिक्षक र टिमलाई नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।

२०७३ चैत २३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ बैशाख २६ गतेदेखि ३१ गतेसम्म दोश्रो संस्करण आयोजना गरिएको थियो । पहिलो र दोश्रो संस्करण प्रत्येक वर्ष गरिए पनि कोभिड–१९ को महामारीका कारण तेश्रो संस्करण पछाडि धकेलिएको हो । अनुप स्मृति गोल्डकपलाई तेश्रो संस्करणबाट आमन्त्रित गोल्डकपमा परिणत गरिएको हो ।

अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ । दृर्घटनामा ज्यान गुमाएका छात्रको सम्झना र खेल र खेलाडीको व्यवसायीक बृत्तिकालागि गोल्ड कपको अवधारणा अघि सारिएको मूल आयोजक समिति मूल आयोजक समिति संयोजक सागर जोशीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार