वैशाख २४, २०८१ सोमबार May 6, 2024

संकटालाई दोश्रो पटक आहा राराको उपाधी

भुटनिज क्लव अमेरिकालाई ३–२ गोल अन्तरले पराजीत गरि संकटाले आहा राराको उपाधी दोश्रो पटक उचाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आहा रारा गोल्डकपको २२ औं संस्करणको उपाधी संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा भुटनिज क्लव अमेरिकालाई ३–२ गोल अन्तरले पराजीत गरि संकटाले आहा राराको उपाधी दोश्रो पटक उचालेको हो । खेलको सातौं मिनेटमा सुरजज्यू ठकुरीको गोलबाट अग्रता लिएको संकटालाई ३४औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । ३७औं मिनेटमा रेने स्यान्टिलनले भुटनिजका लागि गोल गर्दै २–१ को अन्तरमा झारे ।

पहिलो हाफको अन्तिम समयमा भुटनिजका विलिस ग्रिफिटले गोल गरे । दोश्रो हाफमा कुनैपनि टीमबाट गोल हुन सकेन । गोल गर्ने धेरै अवसर पाएपनि दुवैले गुमाए । निर्धारित समय २–२ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २६औं मिनेटमा संकटाका क्याप्टेन सुनिल बलले गोल गर्दै टीमका लागि जित दिलाए ।

योसँगै आहारारामा संकटाले दोस्रो पटक उपाधी जितेको हो । यसअघि २०७७ को उपाधी पनि संकटाले जितेको थियो । संकटा हालसम्म २ पटक मात्रै फाइनल पुगेको छ भने दुवै पटक उपाधी जितेको छ । दुवै पटक विदेशी टीमलाई हराएको संकटाले २०७७ मा अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

उपाधीसँगै संकटाले १२ लाख नगद प्राप्त गरेको छ भने भुटनिज टीमले ६ लाख पायो । यो वर्ष उपाधीमा २ ला र दोश्रो हुनेलाई १ लाख पुरस्कार थप गरिएको हो । संकटाले यो टुर्नामेण्टमा उत्कृष्ट प्रशिक्षक, खेलाडी, गोल रक्षक, फरवार्ड, मिड फिल्डर पनि जितेको छ । संकटाका कप्तानसमेत रहेका सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै, संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर तथा टीकेन्द्र थापा उत्कृष्ट गोल रक्षक र स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बने ।

संकटाकै सल्यान खड्की उत्कृष्ट प्रशिक्षक घोषित हुँदा फ्लेयर प्ले धरान फुटबल क्बल र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले पाएका छन् । आहा रारा पोखरा गोल्डकप मोफसलकै प्रतिष्ठित टुर्नामेण्टका रुपमा स्थापित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार