जेठ ६, २०८१ आइतबार May 19, 2024

लुम्बिनी अल स्टार नेपाल टी–ट्वान्टी लिगको फाइनलमा प्रवेश

लिगको विजेताले ५५ लाख उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको फाइनलमा प्रवेश गरेको छ ।

टियु मैदानमा आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो । जनकपुरले भने अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । सोमबार हुने इलिमिनेटरमा काठमाडौँ नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् ।

लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया