जेठ ६, २०८१ आइतबार May 19, 2024

बी डिभिजन लिग चैत १५ गतेबाट हुने

एन्फाले माघ २९ गतेसम्म टिम तथा चैत ७ सम्ममा खेलाडी दर्ता गरिसक्नु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहिद स्मारक बी डिभिजन लिग यही चैत १५ गतेबाट हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा र लिगमा सहभागी टोलीबीच चैत १५ गतेबाट लिग गर्ने सहमति भएको हो ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने लिगको तयारी खर्चबापत क्लबहरुले १४ लाख ५० हजार रुपौयाँ प्राप्त गर्ने भएका छन् । लिगमा १४ टोलीको सहभागिता रहने छ ।

एन्फाले माघ २९ गतेसम्म टिम तथा चैत ७ सम्ममा खेलाडी दर्ता गरिसक्नु पर्ने जनाएको छ । प्रत्येक टोलीले २० खेलाडी राख्न पाउनेछन् ।

लिग विजेताले १५ लाख , उपविजेताले १० लाख रुपैयाँ तथा तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया