जेठ ६, २०८१ आइतबार May 19, 2024

आर्सनल एफ ए कपको चौथो चरणमा

एफए कप फुटबलमा आर्सनल चौथो चरणमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एफए कप फुटबलमा आर्सनल चौथो चरणमा प्रवेश गरेको छ ।

आज विहान सकिएको खेलमा आर्सनलले अक्सफोर्ड युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ३ गोल नै दोस्रो हाफमा भएका हुन् ।

दोस्रो हाफमा एडवर्ड एनकेटियाले २  गोल गर्दा मोहमद एलिनीले एक गोल गरेका थिए । ६३ औं मिनेटमा मोहमद एलिनीले फावियोको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७० ओं मिनेटमा फावियोकै पासमा एडवर्डले गोल गर्दै अग्रता दोब्बर पारे ।

७६ औं मिनेटमा एडवर्डले व्यक्तिगत गोल गर्दै ३–० को जित पक्का गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया