जेठ ६, २०८१ आइतबार May 19, 2024

वेल्सका कप्तान ग्यारेथ बेलद्वारा सन्यासको घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले सन्यासको घोषणा गरेका छन् । बेलले ३३ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासकाे घोषणा गरेका हुन् ।

बेलले सामाजिक सञ्जालमार्फत् सोचविचार गरेर नै क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको उल्लेख गरेका छन् । बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् ।

उनले साउथह्याम्पटन, टोटनह्याम र रियल मड्रिड तथा अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट पनि खेलेका थिए । बेलले कतार विश्व कपमा वेल्सको नेतृत्व गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया