जेठ ६, २०८१ आइतबार May 19, 2024

मेसीको गोलमा पिएसजी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २–० ले पराजित गरेको छ ।

बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिके एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । एसिस्टेन रेफ्रीले मेसीको गोललाई अफसाइट थिएपनि भिडियो असिस्टेन भिएआर रेफ्रीले गोल दिएको थियो ।

खेलमा अर्का स्टार नेयमारले तेस्रो गोल गरेका थिए । तर, सो गोल अफसाइट भयो । विश्वकप उपाधि जितेपछि मेसीले पिएसजीबाट पहिलो खेल खेलका थिए । जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएका छ ।

पीएसजीले १८ खेलमा ४७ अंक जोडेको छ । एन्जर्स आठ अंक जोडेर पुछारमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया