जेठ ६, २०८१ आइतबार May 19, 2024

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न उच्च अदालतको आदेश

लामिछानेलाई २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उच्च अदालत पाटनले बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागारमा रहनुभएका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ । लामिछानेलाई २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश भएको उच्च अदालत पाटनका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिनुभयो ।

‘धरौटीमा थुनामुक्त गर्न आदेश भएको छ’, उहाँले भन्नुभयो, ‘धराैटीसँगै अन्य विभिन्न सर्तहरू पनि राखिएका छन् । ‘

बलात्कार अभियोगमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्नुभएकाे थियो । उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया