मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अमेरिकाद्वारा काबुल आतङ्कवादी हमलाको निन्दा

अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संयुक्त राज्य अमेरिकाले बिहीबार अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । सो हमलाको आतङ्कवादी समूह इस्लामिक स्टेट-खोरासान प्रान्तले  जिम्मा लिएको छ ।

“हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं।  सो हमलाको आइएसद्वारा जिम्मा लिएको पाइएको छ ।

यो  आक्रमण क्रूर समूहको पछिल्लो भयानक उदाहरण हो । अफगानिस्तानका जनतामाथि संवेदनाहीन हिंसा हो,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा  बताएका छन् ।

“हामी यस मूर्खतापूर्ण आक्रमणमा मारिएका प्रियजनहरू र परिवारका सदस्यहरूलाई हाम्रो गहिरो समवेदना पठाउँछौं। हामी आतङ्कको निन्दा गर्दछौं।” उनले भनेका छन् ।

बुधबार भएको विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको अफगानिस्तानको टोलो न्यूजले जनाएको छ ।  घटनाको अन्तरराष्ट्रिय स्तरमा व्यापक आलोचना भएको छ ।

साथै अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनले पीडित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै अफगानिस्तानमा दिगो शान्ति ल्याउन हिंसा कुनै पनि समाधानको हिस्सा नभएको बताएको छ ।

सो घटनामा ४० जनाभन्दा बढी भएको र घाइतेहरूलाई काबुलको आपतकालीन एनजीओ मानवीय संस्थाद्वारा सञ्चालित सर्जिकल सेन्टरमा ल्याइएको छ ।

अफगानिस्तानमा आपतकालीन निर्देशकले मृत्यु हुनेको संख्या बढ्दै जान सक्ने बताएका छन् । “मृतकको सङ्ख्या अझै बढिरहेको छ,” उनले भने। “यो  सन् २०२३  मा पहिलो सामूहिक हताहती हो । एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार