जेठ ६, २०८१ आइतबार May 19, 2024

नेपाल पुलिस क्लब र हेल्प नेपाल एनभिए कप च्याम्पियनसिपको विजेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल पुलिस क्लब र हेल्प नेपाल एनभिए पुरुष तथा महिला क्बल भलिबल च्याम्पियनसिपको विजेता बनेका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्डहलमा सम्पन्न खेलमा पुलिस महिला तर्फ र हेल्प नेपाल पुरुष तर्फ च्याम्पियन बनेको हो ।

पहिला सम्पन्न पहिला तर्फको फाइनलमा न्यू डायमन्ड स्पोट्स क्लबलाई ३-२ को सेटमा पराजित गर्दै विजेता बनेको हो ।

पाँच सेटमा पुगेको खेलको पहिलो सेट २५-२२ ले जितेको न्यू डायमन्डले दोस्रो सेछ १७-२५ को नतिजामा पुलिसलाई सुम्पिएको थियो । निकै रोमाञ्चक बनेको खेलको तेस्रो सेट पुनः डायमन्डले २७-२५ ले जित्यो । चौथो सेटमा पुलिसले २५-१९ को नतिजा निकाल्दै बराबरी गर्यो । अन्तिम सेटमा १५-११ को सानदार जित निकाल्दै पुलिस १० वर्षपछि च्याम्पियन बन्यो । यसअघि पुलिस २०६९ मा च्याम्पियन बनेको थियो ।

विजेता पुलिसले ४ लाख, दोस्रो डायमन्डले दुई लाख र तेस्रो भएको नेपाल एपीएफ क्लबले १ लाख प्राप्त गरेको छ ।

यस्तै, पुरुष तर्फ विभागिय त्रिभुवन आर्मी क्लबलाई ३-० को साझो सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि उचाल्यो । पहिलो सेट २५-२२ दोस्रो र तेस्रो सेटमा क्रमशः २६-२४, २५-२३ को नतिजामा आर्मीलाई हराउँदै हेल्प नेपालले सानदार जित निकालेको हो ।

जितसँगै हेल्प नेपालले ४ लाख दोेस्रो भएको आर्मीले २ लाख र तेस्रो एपीएफले एक लाख प्राप्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया