मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप – युवा बक्सर थाइल्यान्ड जाँदै

६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।

जनवरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय बाटाले प्रतिस्पर्धा गर्ने छन् । महिला ४५–४८ केजीमा सुष्मा तामाङ, ५४–५७ केजीमा हेमा राई र ७०–७५ केजीमा त्रिशा जवेगुले खेल्ने छन् । सुष्माको चौथो तथा इन्द्रको तेश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । बाँकी ४ ले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न लागेका हुन् ।

प्रशिक्षकमा दीपक महर्जन र सन्दिप श्रेष्ठ तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ रहेका छन् । प्रतियोगिता दौरान हुने इन्टरनेसनल टेक्निकल अफिसर कोर्षमा सहभागी हुन पुष्करराज पन्त तथा आइबा २ स्टार रेफ्री जज कोर्षका लागि रामचन्द्र थापा मगर र धनकुमार मैनाली पनि टोलीसंगै थाइल्यान्ड जाने छन् । प्रतियोगितामा करिब ३० राष्ट्रको सहभागिता रहने संघका सदस्य एवं प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले कार्यक्रमलाई सम्बोधन गर्दै भने– ‘उत्कृष्ट खेलाडीलाई एक्पोजर दिन विशेष जोड दिनु होस् । सिकेर मात्र हुँदैन ।

खेलाडीलाई खेल्ने वातावरण पनि चाहिन्छ । महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराउनुस ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार