जेठ ६, २०८१ आइतबार May 19, 2024

यु-१९ महिला विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

अमेरिकालाई ९ विकेटले पराजित गर्दै अष्ट्रेलियाको पहिलो जित दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आईसीसी यू-१९ विश्वकप महिला क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले पहिलो जित दर्ता गरेको छ । आज भएको खेलमा अमेरिकालाई ९ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पहिलो जित दर्ता गरेको हो ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगिता अन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई ६५ रनको लक्ष्य दिएको थियो, उक्त लक्ष्य अष्ट्रेलियाले ८.४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।

अष्ट्रेलियाका लागि केट पेलले ३० रनको नटआउट पारि खेल्दा केलेइर मोरेले २२ रनको नटआउट पारि खेलिन् । पेरिस बोल्डलर ७ रन बनाएर आउट भइन् । अमेरिकाकी सिंग्धा पउलले १ विकेट लिइन् । पहिला ब्याटिङ गरेको अमेरिकाले १५.३ ओभरमा सवै विकेट गुमाएर ६४ रन बनाएको थियो । अमेरिकाका लागि सिंग्धा पउलले सर्वाधिक १७ रन बनाउँदा लेस्सी मुलपाउडीले १० रन जोडिन् ।

अष्ट्रेलियाका लागि मेगी कर्लाकले २ विकेट लिइन् । जितसँगै समूह एमा रहेको अष्ट्रेलियाले २ खेलमा २ अंक जोडेको छ । यो समूहमा बंगलादेश शतप्रतिशत जित निकाल्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । श्रीलंका २ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिकाले खाता नै खोल्नसकेको छैन । दुवै खेलमा पराजित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया