जेठ ६, २०८१ आइतबार May 19, 2024

प्रधानमन्त्री कप महिला क्रिकेट: कर्णाली र प्रदेश १ तथा सुदूरपश्चिम र एपीएफ खेल्ने

आजको पहिलो खेलमा बिहान नौ बजे कर्णाली प्रदेश र प्रदेश नम्बर १ खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् ।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा सुनसरीको इटहरीमा भइरहेको प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बिहान नौ बजे कर्णाली प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् ।

समूह ‘बी’ का दुई खेलमा दुवै खेल जितेको प्रदेश १ शीर्ष स्थानमा रहेको छ भने दुई खेलमा दुवै खेल हारेको कर्णाली समूह ‘बी’ को अन्तिममा रहेको छ । यस्तै, दोस्रो खेलमा दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । दुई खेलमा दुवै खेल जितेको सुदूरपश्चिम समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ ।

दुई खेलमा दुवै खेल जितेको एपीएफ क्लब नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय गरी आठ टोलीले खेल्दैछन् । विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया