जेठ ६, २०८१ आइतबार May 19, 2024

मेस्सी र रोनाल्डो २ वर्षपछि भिड्दै

स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी विहीबार हुने मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी विहीबार हुने मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन् । पछिल्लो पटक मेस्सी र रोनाल्डोको भेट सन् २०२० डिसेम्बरमा भएको थियो ।

च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्सबाट खेलेपछि दुवैले क्लब परिवर्तन गरेका छन् । मेस्सी बार्सिलोना छोडेर पिएसजी आइपुगेका छन् ।

त्यस्तै रोनाल्डो युभेन्टस छोडेर म्यानचेस्टर युनाइटेड हुँदै यसै महिना मात्र अल नासरमा अनुबन्धित भएका थिए । रोनाल्डोले डेब्यु गर्न भने बाँकी छ ।

रोनाल्डोले इंग्ल्यान्डमा रहँदा पाएको दुई खेलको प्रतिबन्ध पूरा नगरेका कारण अल नासरमा डेब्युका लागि प्रतीक्षा गर्नुपरेको हो ।

त्यसैले साउदी आएपछि उनले क्लबभन्दा अघि अल स्टारको कप्तानी गर्ने भएका छन् । रोनाल्डोले पिएसजीविरुद्ध खेलमा सुरुवाती रोजाइमा खेल्ने पक्का जस्तै छ ।

त्यस्तै लिओनेल मेस्सी पनि पिएसजीको टोलीमा खेल्ने सम्भावना छ ।

मेस्सीले विश्वकप जितेपछि जनवरी ४ मा प्रशिक्षण गरिसकेका छन् । उनले त्यसयता पिएसजीका लागि लगातार खेल्दै आएका छन् । त्यसैले पनि मैत्रीपूर्ण खेलमा उनले सुरुव गर्ने देखिन्छ । नेयमार र एमबाप्पे पनि खेलमा सहभागी हुने देखिन्छ ।

पिएसजी र अल स्टारको खेल विहीबार रियादस्थित किंग फाहद रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया