जेठ ६, २०८१ आइतबार May 19, 2024

दशाैँ राष्ट्रिय प्रतियोगिताको हक्की खेल हुम्लामा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  २०८१ सालमा सञ्चालन हुने दशाँै राष्ट्रिय प्रतियोगिताअन्तर्गतको हक्की खेल हिमाली जिल्ला हुम्लामा हुने भएको छ।

कर्णाली प्रदेशबाट हक्की खेलमा सहभागिता जनाउने खेलाडी सबै हुम्लाकै भएका कारण कर्णाली प्रदेश हक्की संघ उक्त निष्कर्षमा पुुगेको हो।

संघका जिल्ला अध्यक्ष रामजन रावतले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको हक्की खेल हुम्ला जिल्लामा हुने पत्र आफूलाई प्राप्त भएको बताए।

यसका लागि प्रदेशबाट हक्की संघका महासचिव विश्वमणि सन्ज्याल हुम्ला आएर उक्त कुराको जानकारी दिए। महासचिव सन्ज्यालले हक्की खेल सञ्चालनका लागि हुम्ला उपयुक्त भएको र त्यसैअनुुसार तयारी गरिने जिल्लामा आएको बेला बताएकोे रावतले बताए।

हक्की प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट १८ जनै खेलाडी हुम्ला जिल्लाबाट सहभागिता जनाउँदै आएका छन्। उनले हक्की खेल सञ्चालन हुने निश्चित भएपछि सामान्य रुपमा रहेको खेल मैदानलाई मर्मत तथा सजाउने कार्य गर्नु आवश्यक रहेको बताए।

यसको निर्माण गाउँपालिका र प्रदेश सरकार तत्काल अगाडि बढाउनुु आवश्यक रहेको उनले माग गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया