बैसाख १५, २०८३ मंगलबार April 28, 2026

विद्यालय मर्जप्रति वडा अध्यक्षको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । जिल्लाको विदुर नगरपालिकास्थित वडा नं १३ साविक कल्र्याणपुर गाविसमा रहेका तीनवटा प्राथमिक विद्यालयलाई स्थानीय नागरिक र निर्वाचित वडा अध्यक्ष समेतको सहमति बेगर गाभिएपछि त्यसको विरोध सुरु भएको छ ।

विदुर नगरपालिकास्थित वडा नं १३ मा रहेका ति विद्यालयहरुमा विद्यार्थी नभएको भन्दै विदुर नगरपालिकाको निर्णय अनुसार नगरपालिका शिक्षा समन्वय समितिले गाभ्ने निर्णय गरेको थियो ।

विद्यालय भागिएपछि ति विद्यालयमा अध्ययनरत विद्यार्थीहरु स्थानीय उपकार इङलिस स्कुलमा अध्ययन गरिरहेका छन् भने त्यसमा कार्यरत शिक्षकहरु समेत सोहि बोडिङमा अध्यापन गराईरहेका छन् ।

विदुर नगरपालिकाले विद्यार्थी नभएको भन्दै सो वडामा रहेका तीन विद्यालय गाभ्ने निर्णय गरेको थियो । विद्यालय गाभिएपछि सो विद्यालयमा अध्यनरत विद्यार्थीहरु समेत मर्कामा परेका छन् ।

सो वडामा रहेका तीन विद्यालय मध्ये प्रगतीशिल प्रावि काफलडाँडा,लाई गाभेर सिर्जनशील प्रावि रानीस्वाँरामा पठाइएको छ । विद्यालय गाभिएपछि विद्यार्थीहरु भने बोडिङमा पढ्न थालेका छन् ।

नगरपालिकाले गाभेको विद्यालय जान निकै टाढा भएपछि विद्यार्थीहरु स्थानीय बोडिङमा पढ्न बाध्य भएको १३ नं का वडा अध्यक्ष दलबहादुर तामाङले युग खबरलाई जानकारी दिनुभयो ।

उहाले आफ्नो सहमति वेगर नगर शिक्षा समन्वय समितिले विद्यालय मर्ज गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाले प्रगतीशिल प्राविमा जम्मा चार जना विद्यार्थी भएकाले त्यसलाई गाभ्ने विषयमा आफ्नो पनि सहमति भएको र अन्य दुई विद्यालय भाग्ने विषयमामा सहमति नभएको जानकारी दिनुभयो ।

समितिले विना सोच विद्यालय सारेको भन्दै त्यो व्यवहारिक नभएको उहाको भनाई रहेको छ ।विद्यालय भागिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु पनि निजी स्वामित्वमा सञ्चालित बोडिङमापढ्न गएका छन् ।

उनीहरु समेत बोडिङमा जाने र सो विद्यालयमा रहेका शिक्षकहरु समेतबोडिङमा पढाउन जान थालेपछि स्थानीयले विरोध जनाएका छन् ।

सो विद्यालयका शिक्षकलक्ष्मी खड्का र खोप कुमारी खड्का समेत निजी विद्यालयमा अध्यापन गराई रहेको स्थानीय आरोप रहेको छ । विद्यालय शिक्षकहरुले पनि आफुहरु नगरपालिकाले घटाएको ठाउमा गएरपढाएको भन्दै अन्य कुराको जानकारी नभएका बताए ।

सरकारले सरकारी विद्यालयका शिक्षकशिक्षिकाले आफ्ना छोराछोरीहरुलाई समेत सरकरी विद्यालयमा पढाउनुपर्ने बताइरहेका बेलासरकारी विद्यालय मासेर बोडिङमा विद्यार्थी पढ्न जान बाध्य पार्ने नगरपालिको कदमप्रतिस्थानीय थप असन्तुष्ट बनेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

विदुर नगरपालिकाकी

उपमेयर गिता दाहाल अर्यालले भने त्यहाँ कार्यरत शिक्षकले नै पटक–पटक विद्यार्थी नभएको भन्दै मर्ज गर्न आग्रह गरेपछि आफु स्वयंले वडा अध्यक्षसहित जिल्ला शिक्षा समन्वय

समितिका प्रमुखलाई लिएर अनुगमन गरेको र चारजना शिक्षक भएको विद्यालयमा एक जनापनि विद्यार्थी नभेटिएपछि विद्यालय भाग्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाले नगरपालिकाको कारण बोडिङमा विद्यार्थी जान बाध्य भएको भन्ने कुरा पनि गलत भएको भन्दै बोडिङ सञ्चालक स्वयंले सरकारी विद्यालयलाई माथि ल्याउनुपर्ने भन्दै बोडिङका सामाग्री समेत नगर शिक्षा समन्वय समितिलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

उपमेयर दाहालले विद्यार्थीहरु विद्यालय आउने वातावरण तयार भए पुन सोहि स्थानमा विद्यालय कायम गर्न सकिने समेत जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
२०८३ बैसाख १५, मंगलबार
पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज
२०८३ बैसाख १५, मंगलबार