जेठ ६, २०८१ आइतबार May 19, 2024

२० औं बिश्व भेट्रान्स च्याम्पियनसिप : दुलाल र मानन्धरको जोडी फाईनलमा

फाईनल खेल भोली शनिवार बिहान ११ बजे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडी २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ को पुरुष डबल्स ४५ बर्ष माथी समूहमा भारतमाथी ३–२ को जित निकाल्दै फाईनल प्रवेश गरेका छन् ।

प्रशिक्षक अनिता महर्जनले मस्कटबाट जानकारी गराए अनुसार दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी पियुष दुवा र महेशचन्द्रको जोडीलाई ११–६, ६–११, ९–११, ११–९, ११–१ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । फाईनल खेल भोली बिहान ११ बजे रहेको समेत प्रशिक्षक महर्जनले जानकारी गराईन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया