जेठ ६, २०८१ आइतबार May 19, 2024

दशौं राष्ट्रिय खेलकुदको हक्की खेल हुम्लामा हुने

हक्की खेल प्रतियोगिताका लागि कर्णाली प्रदेशमा सहभागिता जनाएका १८ जना खेलाडी नै हुम्ला जिल्लाकै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः २०८१ सालमा सञ्चालन हुने दशौं राष्ट्रिय प्रतियोगिता अन्तर्गतको हक्की खेल हुम्लामा हुने भएको छ । कर्णाली प्रदेशबाट हक्की खेलमा सहभागिता जनाउने सबै खेलाडी हुम्लाकै भएका कारण कर्णाली प्रदेश हक्की संघ हुम्लामै हक्की खेल आयोजना गर्ने निष्कर्षमा पुगेको हो ।

संघका जिल्ला अध्यक्ष रामजन रावतले हुम्लामा हुने हक्की खेलको पत्र आफूलाई प्राप्त भएको बताए । यसका लागि प्रदेशबाट हक्की संघका महासचिब विश्वमणि सन्ज्याल हुम्ला आएर सो कुराको जानकारी गराएको उनले बताए । महासचिव सन्ज्यालले हक्की खेल सञ्चालनका लागि हुम्ला उपयुक्त भएको हुनाले खेलको तयारी गरिने बताएको अध्यक्ष रावतले जानकारी दिए ।

हक्की खेल प्रतियोगिताका लागि कर्णाली प्रदेशमा सहभागिता जनाएका १८ जना खेलाडी नै हुम्ला जिल्लाकै हुन् । उनले हक्की खेल सञ्चालन हुने निश्चित भएको बताउँदै हुम्लामा भएका खेल मैदानको मर्मत कार्य आवश्यक रहेको बताए । खेल मैदान मर्मतका लागि स्थानीय सरकार र प्रदेश सरकारले पहल चाल्न आवश्यक देखिएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया