चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सन् २०२२ बेलायतको सर्वाधिक गर्मी रेकर्ड गरिएको वर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बेलायतको मौसम कार्यालयले मानव–प्रेरित जलवायु परिवर्तनले देशको मौसम ढाँचामा कसरी प्रभाव पारेको छ भन्ने प्रकाश पार्दै सन् २०२२ संयुक्त अधिराज्यका लागि रेकर्डमा सबैभन्दा तातो वर्ष भएको जनाएको छ । यस वर्ष बेलायतको वार्षिक औसत तापक्रमले सन् २०१४ मा निर्धारण गरेको अघिल्लो रेकर्ड उछिनेको छ जतिबेला ९ दशमलब ८८ डिग्री सेल्सियस थियो ।

हरितगृह ग्यास उत्सर्जन सुरु भएपछि सन् १८८४ देखि रेकर्ड राख्ने काम भएको हो । सन् २००२ देखि हरेक १० वर्षमा सबैभन्दा बढी वार्षिक तापक्रम भएको मौसम विभागले जनाएको छ । बेलायतले पहिलो पटक जुलाईमा लिंकनशायरको कोनिङस्बीमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया