वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

क्यालिफोर्निायामा गोली चल्दा आक्रमणकारीसहित १० जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । संदिग्ध आक्रमणकारी पनि मारिएका छन् ।  लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ ।

चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला भएका थिए ।

आक्रमणपछि शहरमा प्रहरीको बाक्लो उपस्थिति थियो । आक्रमणको कारण खुलेको छैन् । सो हमला  चन्द्रमा नयाँ वर्षको उत्सवसँग सम्बन्धित छैन ।  ‘मोन्टेरी पार्कमा भएको हमला चन्द्र नयाँ वर्षको उत्सवसँग कुनै सम्बन्ध छैन जस्तो देखिन्छ’, एलए टाइम्सका जेयलन पार्कले बिबीसीसँग भने ,‘ म शनिबार दिउँसो उत्सवमा थिएँ, जहाँ दशौं हजार मनाउन भेला भएका थिए । पर्वसँग सम्बन्धित देखिँदैन ।’

अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इण्डियन प्रिमियर लिग : मुम्बईले पञ्जावलाई ९ रनले हरायो
२०८१ वैशाख ७, शुक्रबार
कर्मचारी कार्यसम्पादनको ‘राजनीति’ : श्यामप्रसाद मैनाली
२०८१ वैशाख ७, शुक्रबार
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै
२०८१ वैशाख ७, शुक्रबार
डिसहोम फाइबरनेटको ‘क्याच द बिग अफर’ सुरु
२०८१ वैशाख ७, शुक्रबार
गोकुल बास्कोटाको टिप्पणी : सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !
२०८१ वैशाख ७, शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते
२०८१ वैशाख ७, शुक्रबार
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटवार्ता
२०८१ वैशाख ७, शुक्रबार