चैत्र १६, २०८० शुक्रबार March 29, 2024

९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा

बलुचिस्तान प्रान्तका ८७ प्रतिशत मानिसले पनि सिगरेटको बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेको एक अध्ययनले देखाएको छ । देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनुमा सहमति जनाएको देखाएको हो ।

ग्यालप र गिलानी सर्वेक्षणमा सहभागीमध्ये सात प्रतिशतले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउन नहुने जवाफ दिएका छन् । सहरी क्षेत्रका तीन प्रतिशतभन्दा बढी चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउने पक्षमा उभिएका प्रतिवेदनमा उल्लेख छ । चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने मानिसहरूको सबैभन्दा बढी प्रतिशत देशको पूर्वी पन्जाब र दक्षिणी सिन्ध प्रान्तका छन् ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वाबाट ९३ प्रतिशतले पनि चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने जवाफ दिएका छन् । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका ८७ प्रतिशत मानिसले पनि सिगरेटको बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया