श्रावण ३, २०८२ शनिबार July 19, 2025

छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल क्रिकेट संघको आधिकारिक लिग भनिएको नेपाली टी–२० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा व्यवस्थापनकाबारे छानबिन गर्ने गठित समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई प्रतिवेदन बुझाएको छ ।

एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समितिले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभन थ्री स्पोर्टस र क्यानबीचको सम्झौता खारेज गर्ने लगायतका निस्कर्ष निकाल्दै ४६ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।

लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता, सञ्चालन लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना नभएको र सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको छ ।

साथै प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया पूरा नगरी प्रतियोगिता आयोजना सम्बन्धमा भएको सम्झौता तत्काल खारेज गर्न पनि निर्देश गरेको छ ।

नेपाल टी २० लिगमा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका विषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सिआईबीबाट भइरहेको अनुसन्धानबाट प्राप्त निस्कर्षको आधारमा दोषीमाथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग प¥याउने निर्णय कार्यदलले गरेको छ । भने आईसिसिसँग आवश्यक छलफल र समन्वय गर्न सकिने उल्लेख पनि गरेको छ ।

प्रतियोगिताका दौरान खेल मिलेमतो, स्पट फिक्सिङ र बेटिङ समेत भएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । सिआइबीले सोमबार खेल मिलेमतोमा संग्लग्न रहेको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर मेहबुब आलम र वर्तमान राष्ट्रिय टोलीका अलराउण्डर मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरिसकेको छ र अनुसन्धानका लागि पाँच दिनको समयअवधि पनि थपेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार