असार ५, २०८३ शुक्रबार June 19, 2026

७४औँ गणतन्त्र दिवस मनाउँदै भारत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतले आज विभिन्न कार्यक्रमको आयोजना गरि ७४औँ गणतन्त्र दिवस मनाइरहेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी यस वर्षको प्रमुख अतिथि छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रपति द्रौपदी मुर्मुले चाँडै नै कर्तव्यपथबाट गणतन्त्र दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नेछिन ।

सुरक्षा व्यवस्थाका लागि ६ हजार सैनिक परिचालन गरी कार्यक्रमको व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ । कर्तव्य पथलाई करिब १५० सीसीटीभी क्यामेराबाट निगरानी गरिने छ ।

भारतले हरेक २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ । सन् १९५० को २६ जनवरीमा भारत गणतन्त्र घोषित भएको थियो ।

सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो।
भारत सन् १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार