कार्तिक ११, २०८३ बुधबार October 28, 2026

क्यानडा अध्ययनका लागि काठमाडौँमा शैक्षिक मेला हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः क्यानडा अध्ययनका लागि लक्षित गर्दे काठमाडौँमा शैक्षिक मेलाको आयोजना हुने भएको छ । फेब्रुअरी १० मा आयोजना हुने मेलालाई क्यानडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावतले सम्बोधन गर्दैछन् ।

यी दुई परामर्शदाताबाट  जर्जियन कलेजमा थप अध्ययनहरू सञ्चालन गर्ने सन्दर्भमा विभिन्न प्रकारका जिज्ञासाहरुलाई पनि सम्बोधन गर्ने बताइएको छ । मेलामा जर्जियन एट आइल्याक कलेजका क्षेत्रिय रिक्रुट्मेन्ट  प्रबन्धक सौरभ पटेल र अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार रितिका मेहरोत्रा पनि उपस्थित हुनेछन् ।

क्यानडा अध्ययन जानकारीको सन्दर्भमा  नेपालका तीन विश्वसनिय शैक्षिक परामर्श संस्थाहरु गोरेटो कन्सल्टेन्सी, इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर र पपुलर कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वन-स्टप शोलुसनु दिने उद्देश्य लिई क्यानडा स्थित जर्जियन कलेजसंग सहकार्य गरि मेलाको आयोजना गर्न लागिएको हो ।

जसमा क्यानाडाका शैक्षिक संस्थाहरूमा भविष्यमा हुने शैक्षिक कार्यक्रमहरुको सन्दर्भमा सबैभन्दा बढी खोजिने र अन्योलमा पार्ने विषयहरु, नेपाली विद्यार्थीहरुले क्यानडा अध्ययनको सिलसिलामा जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी, उपयुक्त विषय छनोट, को-अप, पीआरको अवसर साथै पछिल्लो समय पि.टि.ईको बारेमा चलेको भ्रमको यथार्थ बिष्लेषणकोलागि पनि छुट्टै शत्र राखिनेछ ।

मेला कान्तिपथमा अवस्थित एल्लो प्यागोडा होटलमा बिहान ११ बजेदेखि ३ बजेसम्म चल्लेछ । जसमा तीन शैक्षिक परामर्शदाता संस्थाहरुका प्रतिनिधिहरु राम खड्का, धिरज कँडेल,  सतिस भट्ट, अमित श्रेष्ठ, दीपेन्द्र रसाइली, र सरु आचार्यले विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रम लगायतका विषयमा जानकारी दिनेछन् । सो अवसरमा क्यानडाली अध्यागमन परामर्शदाता आइसी आर सीका रजिष्टर्ड कानुनी सल्लाहाकार कृति खड्काले पनि क्यानाडा स्थाई बसोबास सम्वन्धित उठेका प्रश्नहरुलाई सम्बोधन गर्नेछिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार