असार २२, २०८२ आइतबार July 6, 2025

प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो ।

आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगि गर्दै हिडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली यहि माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।

बेसीशहरमा डेरा गरि वस्ने गुरुङ विभिन्न महिलाहरुसंग रु ७ लाख १७ हजार पाच सय रुपैया लिएर सम्पर्क विहिन भएका थिए । उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हु प्रहरीमा भएको केशहरु समेत मिलाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेका थिए । गुरुङ विरुद्ध प्रहरीमा उजुरी परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकिछिपि बसेको अवस्थामा प्रक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले वताए ।

निज गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्वन्धी कसुरमा  पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षक जगदिश रेग्मीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार