कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

काठमाण्डौं उपत्यकासहित देशका धेरै ठाउँमा बढ्यो गर्मी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः माघको दोस्रो हप्ता देखि नै काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोमा गर्मी बढ्न थालेको छ । बिहान र बेलुका केही चिसो भए पनि दिउँसो घाम चर्किने गरेको छ ।

काठमाडौं पछिल्लो २४ घण्टामा न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने उच्चतम तापक्रम २२ दशमलव ८ डिग्री पुगेको छ ।

काठमाडौं उपत्यकामा उच्चतम तापक्रम बढ्दो छ । त्यस्तै दिपायलमा उच्चतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

दिपायलमा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालगञ्ज र भैरहवामा पनि तापक्रम बढ्दो छ । नेपालगञ्जमा पछिल्लो २४ घण्टामा उच्चतम तापक्रम १९ दशमलव ८ र भैरहवामा २२ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

पोहोर माघमा माघको पहिलो हप्ता हिउँदे वर्षा भएको थियो भने माघको दोस्रो हप्ता चिसो नै थियो । सामान्यतया मंसिर १६ देखि फागुन मध्यसम्मसम्म हिउँदे वर्षाको समय मानिन्छ ।

नेपालमा हिउँदमा वर्षभरि हुने वर्षाको औसत ४ प्रतिशत जति पानी पर्ने गरेको छ । तर यसपालि हिउँदे वर्षा र हिमपात कतै कतै फाट्टफुट्ट रुपमा मात्रै भएको छ ।

आज दिउँसो प्रदेश एकमा मौसम आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार
आज सोमबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३०, सोमबार
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार