कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा बिरेन्द्र ठाकुर सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा बिरेन्द्र ठाकुर सिफारिस भएका छन्। मुख्य न्यायाधिवक्तामा ठाकुरको नाम मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष सिफारिस गरिसकेका छन्।

प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुरको नाम प्रदेश प्रमुख समक्ष सिफारिस भइसकेको मुख्यमन्त्री यादवले जानकारी दिए। उनले भने ‘भोलि प्रदेश प्रमुखले उनको नियुक्तिसँगै पद तथा गोप्यनियताको सपथ ग्रहण गराउने तयारी रहेको छ।’

मुख्यमन्त्री यादवले मुख्य न्यायाधिवक्तामा ठाकुरको नाम सिफारिस गरेपछि प्रदेश प्रमुखको सचिवालयले शुक्रबार नै उनको नियुक्ति र शपथ ग्रहण गराउने तयारी गरेको थियो।

तर मुख्यमन्त्री यादव सो कार्यक्रममा सहभागी हुन नसक्ने बुझेपछि शुक्रबारको कार्यक्रम रद्द गरिएको थियो।

मुख्य न्याधिवक्तामा नियुक्त हुन लागेका ठाकुर सिरहा जिल्लाका हुन्। प्रदेशमा न्यायाधिवक्ताको सेवा सुविधा राज्य मन्त्री सरह हुने व्यवस्था छ। यसअघि मधेश प्रदेशको न्यायाधिवक्तामा महोत्तरीका दीपेन्द्र झा थिए।

मंसिर ४ गते भएको निर्वाचनमा उनले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ुकुबाट उम्मेदवारी दिएका थिए। निर्वाचनमा पराजित भएपछि उनी पुनः कानून व्यवसायमै फर्किएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज सोमबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३०, सोमबार
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार