श्रावण ५, २०८२ सोमबार July 21, 2025

ढोरपाटनकाे खानीगाउँमा फोरजी इन्टरनेट सेवा सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाग्लुङ जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ट इञ्जिनियर केशव शर्माले बताउनुभयो ।

“खानीगाउँमा एक वर्ष पहिले नै टुजी र थ्रिजीको इन्टरनेट सेवा विस्तार गरेका थियौँ”, प्रमुख शर्माले भन्नुभयो, “विकट स्थानलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने कार्यालयको उद्देश्यअनुरुप यस वर्षदेखि फोरजी इन्टरनेट सेवा सञ्चालन गरेका हौँ ।”

खानीगाउँमाथि रहेको डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरी फोरजी इन्टरनेट सेवा उपलब्ध गराइएको प्रमुख शर्माले बताउनुभयो । उहाँले सेवाबाट खानीगाउँसहित खिबाङ, खोरिया, थाम्का र चामीदुवार गाउँका दुई सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिनुभयो ।

जिल्लाकै निकै दुर्गम र विकट रहेको स्थानमा फोरजी मोबाइल सञ्चालन भएसँगै इन्टरनेटको पहुँचबाट टाढा रहेका नागरिकलाई जोडन सफल भएको टेलिकमले जनाएको छ ।

फोरजी सेवा सञ्चालन भएपछि गाउँमै मोबाइल डेटामार्फत् इन्टरनेट चलाउन सहज भएको स्थानीय रेशम बुढामगरले बताउनुभयो । उहाँले सूचना र सञ्चारको व्यवस्था नहुँदा केही वर्ष पहिलेसम्म हुलाक र कटुवाल प्रथाको भरपर्नुपर्ने बाध्यता अहिले टेलिफोन, मोबाइल र इन्टरनेटको सुविधाले हट्दै गएको बताउनुभयो ।

“भौगोलिक हिसाबले विकट रहेको गाउँमा मोबाइल सेवा नहुँदा सञ्चारमा समस्या रहेको थियो”, मगरले भन्नुभयो, “कुनै जानकारी, सूचना आदानप्रदान गर्न सहज भएको छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार