वैशाख १८, २०८१ मंगलबार April 30, 2024

बुढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या समाधान गरिने

नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिका-११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयोजित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभामा नगर प्रमुख अधिकारीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समेत नगर क्षेत्रमा पानी वितरणका लागि पाइप विछ्याइरहेको जानकारी दिएका छन् ।

कार्यक्रममा वडा सदस्यद्वय शर्मिला गौतम र सम्बर गुरुङले वडामा भएका विभिन्न समस्या खानेपानी अभाव, फोहरमैला व्यवस्थापनलगायत छिट्टै सामाधान गरिने बताएका थिए । कार्यक्रममा स्थानीय बालकृष्ण पौडेलले टोलमा ठूलो समस्याका रुपमा रहेको खानेपानीको विषयलाई समाधान गर्न स्थानीय सरकारको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिएका थिए ।

समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको ज्येष्ठ नागरिक सम्मान यस पटक सगरमाथा आरोही कान्छा शेर्पालाई प्रदान गरिएको छ । कार्यक्रममा वडा नं ११ का अध्यक्ष राजु अधिकारी, वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईलगायतलाई पनि सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार