श्रावण ४, २०८२ आइतबार July 20, 2025

पुटिनले आफुमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएको बोरिस जोनसनको दावी

जोनसन र अन्य पश्चिमा नेताहरू युक्रेनलाई समर्थन गर्न र रूसी आक्रमण रोक्न कोसिस गर्न किभमा भेला हुँदै गर्दा उक्त चेतावनी आएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसी सेनालाई प्रवेश गर्न आदेश दिनुअघि आँफूलाई व्यक्तिगत रूपमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिनुभएको पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभएको छ ।

बीबीसीको सोमबार प्रसारण हुने नयाँ वृत्तचित्रका अनुसार फेब्रुअरी २४ मा आक्रमण हुनुअघि फोनवार्तामा उक्त चेतावनी आएको हो ।

जोनसन र अन्य पश्चिमा नेताहरू युक्रेनलाई समर्थन गर्न र रूसी आक्रमण रोक्न कोसिस गर्न किभमा भेला हुँदै गर्दा उक्त चेतावनी आएको हो ।

“उहाँले मलाई एक पटक धम्की दिनुभएको थियो र भन्नुभएको थियो “बोरिस, म तपाईंलाई चोट पु¥याउन चाहन्नँ, तर क्षेप्यास्त्र प्रयोग गर्दा एक मिनेट मात्र लाग्नेछ,” पुटिनलाई उद्धृत गर्दै जोनसनले भन्नुभएको छ ।

जोनसन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सबैभन्दा भावुक पश्चिमी समर्थकहरूमध्ये एकको रूपमा देखिनुभएको छ ।

तर आक्रमण अघि, उहाँले पुटिनलाई युक्रेन नेटोमा सामेल हुने तत्काल कुनै सम्भावना नरहेको बताउनुभएको थियो ।

त्यसपछि पुटिनले जोनसनलाई सोध्नुभयो, “बोरिस, युक्रेन चाँडै नै नेटोमा सामेल हुने छैन भन्नुको अर्थ के हो ।” ‘छिट्टै नै कुनै समय भन्नुको अर्थ के हो ?’

जवाफमा मैले भनें, “युक्रेन निकट भविष्यमा नेटोमा सामेल हुने छैन । तिमीलाई यो कुरा राम्ररी थाह छ ।”

क्षेप्यास्त्रको धम्कीबारे जोनसनले भन्नुभयो, “मलाई लाग्छ, उहाँले जुन किसिमको प्रश्न गर्नुभएको थियो उहाँसँग जस्तो अलगावको हावा थियो, पुटिनले उहाँलाई वार्तामा ल्याउने मेरो प्रयाससँग खेलिरहनुभउको थियो ।

बीबीसीको वृत्तचित्रमा युक्रेनमाथि आक्रमण हुनुभन्दा अघिका वर्षहरूमा रुसी नेता र पश्चिमा मुलुकहरूबीच बढ्दो विभाजनलाई चित्रण गरिएको छ ।

यसमा जेलेन्स्कीले रुसको आक्रमण अघि नेटोमा सामेल हुने आफ्नो असफल महत्वाकांक्षालाई प्रतिबिम्बित गरेको पनि देखाइएको छ ।

जेलेन्स्कीले भनेको शब्दलाई उद्धृत गर्दै जोनसनले भन्नुभभयो, “तपाईंलाई थाहा छ, यदि रुसले युक्रेन कब्जा गर्दैछ भने, तपाईंले यस समय मलाई किन केही दिनुहुन्न, जसको सहाराले म यसलाई रोक्न सक्छु?”

“यदि तपाईं सहयोर्ग मलाई दिन सक्नुहुन्न भने, यसलाई तपाई आफैले रोक्नुहोस्,” जेलेन्स्कीले भन्नुभएको थियो ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द
२०८२ श्रावण ४, आइतबार
हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप
२०८२ श्रावण ४, आइतबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण ४, आइतबार
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार