कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

अमेरिकी राजदूत थम्पसन र ऊर्जा मन्त्री राजेन्द्र लिङदेनबीच भेटवार्ता

उपप्रधानमन्त्री लिङदेन भेट्न मन्त्रालय पुगे राजदूत थम्पसन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनसँग भेट गरेका छन् ।

मन्त्रालयमा बुधबार भएको भेटमा दुईदेशीय सहयोग र चासोका विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा उपप्रधानमन्त्री लिङदेनले ऊर्जाको विकास, प्रशारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयोगको अपेक्षा गरे ।

भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरीकाको महत्वपूर्ण योगदान रहेको बताए ।

पूर्वाधार विकासको मेरुदण्ड भएकोले सरकारको प्राथमिकता पनि पूर्वाधार विकासमै रहेको भन्दै लिङदेनले सहकार्यका लागि इच्छुक रहेको जानकारी गराए । विदेशी लगानीको सहजताका लागि सरकारी नीतिलाई समय सापेक्ष बनाउँदै लैजाने पनि उनले आश्वस्त पारे ।

विगत लामोदेखि अमेरिकाले नेपालको विभिन्ने क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार