वैशाख १९, २०८१ बुधबार May 1, 2024

अमेरिकी सहयोग नियोग युएसएडकी प्रमुख नेपाल भ्रमणमा आउँदै

नेपाल भ्रमणका क्रममा पावरले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेटघाट गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अमेरिकी सहयोग नियोग युएसएडकी प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल आउने भएकी छिन् । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको युएसएडको मुख्य अधिकारीको भ्रमणले विशेष महत्व बोकेको छ ।

युएसएडले प्रकाशित गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल भ्रमणका क्रममा पावरले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रमुख प्रशासक पावरले नेपालको प्रजातान्त्रिक अभ्यास, समृद्धि, समावेशीलगायत विषयमा छलफल गर्ने जनाइएको छ ।

उनले भ्रमणका क्रममा युएसएडको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्नेछिन् । नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशीता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायतका विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएडको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत मे महिनामा युएसएड र नेपाल सरकारले आगामी पाँच वर्षका लागि ६५ करोड ९० लाख डलरको अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सहयोग नेपाललाई अतिकम विकसित देशबाट मध्यमस्तरको विकासशील देशको स्तरोन्नतिका लागिसमेत खर्च गरिनेछ ।

नेपालको विकासमा युएसएडले खेलेको भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ । अमेरिका र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
२०८१ वैशाख १९, बुधबार
कस्तो रहला आजको मौसम
२०८१ वैशाख १९, बुधबार
पूर्वराष्ट्रपति भण्डारीले दिइन् अन्तर्राष्ट्रिय श्रमिक दिवसमा शुभकामना
२०८१ वैशाख १९, बुधबार
पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो-भिडियो’, मच्चियो हंगामा
२०८१ वैशाख १९, बुधबार
आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै
२०८१ वैशाख १९, बुधबार
अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
२०८१ वैशाख १९, बुधबार
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
२०८१ वैशाख १९, बुधबार