कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नेपाल प्रहरीका ९५ एसपीहरुको एकसाथ सरुवा (सूचीसहित)

प्रधानमन्त्री प्रचण्डले चुनाव जितेको गोरखा जिल्लामा अनुपम श्रेष्ठलाई सरुवा गरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले एकैदिन दुई लटमा गरी ९५ जना एसपीहरुको सरुवा गरेको हो । पहिलो लटमा ४२ जना र लगतै दोस्रो लटमा ५३ जना एसपीको सरुवा भएको छ ।

आर्कषक जिल्लामा जान तछाडमछाड गर्ने प्रहरीका एसपीहरुको सरुवा गृहमन्त्री रिक्त भई प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेको बेला गरिएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूची अनुसार प्रधानमन्त्री प्रचण्डले चुनाव जितेको गोरखा जिल्लामा अनुपम श्रेष्ठलाई सरुवा गरिएको छ । यसैगरी तनहुँमा अवदेश विष्ट क्षेत्री, कञचनपुरमा कमल थापा, धनकुटामा कृष्ण कोइराला, गौतम मिश्रलाई धादिङ जिल्लाको इन्चार्जको रुपमा सरुवा गरिएको छ ।

यसैगरी सिराहामा टेकुनन्द इवा लिम्बुलाई पठाइएको छ भने जिप्रका मोरङमा दीपक पोखरेलको सरुवा भएको छ । महोत्तरीमा प्रकाश मल्ल, पश्चिम नवलपरासीमा विनोद सिलवाल र रुपन्देहीमा भरत बहादुर बिक सरुवा भएका छन् ।

हेर्नुहोस सरुवा सूची:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार