वैशाख १८, २०८१ मंगलबार April 30, 2024

भ्रष्टाचार लुकाउन जनमतलाई दिइएन समाजिक विकास

जनमत पार्टीलाई समाजिक विकास मन्त्रालय नदिइ शिक्षा, विज्ञान, प्रविधि एवं वाणिज्य मन्त्रालय दिइएपछी सब छरपस्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेश सरकारको समाजिक विकास मन्त्रालयमा भएको भ्रष्टाचार लुकाउन उक्त मन्त्रालय जनमत पार्टीलाई नदिइएको खुलेको छ ।

यसअघि पनि जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व गरेको उक्त मन्त्रालयमा ७८ करोडभन्दा बढी भ्रष्टाचार भएको देखिएको छ । उक्त भ्रष्टाचारमाथि छानविन भए जसपाकै तत्कालिन मन्त्री नवलकिशोर साह र तत्कालिन मुख्यमन्त्री लालबाबु राउत नै फँस्ने देखिएपछि उक्त मन्त्रालय पुनः जसपाले नै राखेको छ ।

मधेश प्रदेश सरकार गठनअघि दलहरुबीच भएको सहमति अनुसार समाजिक विकास मन्त्रालय जनमत पार्टीको भागमा परेको थियो । जनमत पार्टीका नेताहरुले आफ्नो भागमा परेको समाजिक विकास मन्त्रालयमा छानविन गर्ने र भ्रष्टाचार उजागर गर्ने बताउँदै आएका थिए । मन्त्रालयमा भएको भ्रष्टाचार छानविन हुने डरले सहमति विपरीत जसपाले उक्त मन्त्रालय आफ्नै भागमा राखेको छ ।

कोरोना महामारीका क्रममा खरिद भएका स्वास्थ्य उपकरण एवं औधषिमा ठूलो भ्रष्टाचार भएको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ । यसैगरी प्रदेश मातहतका अस्पतालको नाममा खरिद भएको सामाग्री अस्पतालमा नरहे पनि रकम भुक्तानी गरिएको देखिएको छ ।

यसैगरी, विद्यालयको भवन निर्माण, सामुदायिक भवन निर्माणलगायतमा ७८ करोडभन्दा बढी रकम भ्रष्टाचार भएको देखिएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरी रहेको छ । समाजिक विकास मन्त्रालयमा भएको तीन वटा भ्रष्टाचार मुद्दामा अख्तियारमा छानविन भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

अझै यस्ता कयौं भ्रष्टाचारहरु सार्वजनिक हुन बाँकी रहेको छ । शुक्रबार भएको मन्त्री परिषद् विस्तारमा उक्त मन्त्रालय जसपामा नवप्रवेशी सुरिता साहलाई दिइएको छ । तर, उक्त मन्त्रालय सञ्चालन भने पूर्वमन्त्री नवलकिशोर साहका छोरा सुमित साह र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले चलाउने सहमति भएको छ ।

यता शुक्रबार भएको मन्त्री परिषद् विस्तारमा जनमत पार्टीलाई समाजिक विकास मन्त्रालय नदिइ शिक्षा, विज्ञान, प्रविधि एवं वाणिज्य मन्त्रालय दिइएको छ । हाल उक्त मन्त्रालयको कार्यलयसमेत रहेको छैन । जनमतले पाएको उक्त मन्त्रालयलाई अन्य मन्त्रालयका सचिवले हेर्ने गरेको छ भने हाल उक्त मन्त्रालयमा जम्मा २ लाख रकम मौजुदा रहेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार
‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी
२०८१ वैशाख १८, मंगलबार
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
२०८१ वैशाख १८, मंगलबार
राष्ट्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्छ : कमल थापा
२०८१ वैशाख १८, मंगलबार