वैशाख २४, २०८१ सोमबार May 6, 2024

पेस्तोल र ४ थान गोलीसहित मिटर ब्याजी पक्राउ

धनुषाबाट एक जना मिटर ब्याजी हतियार र गोलीसहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनुषाबाट एक जना मिटर ब्याजी हतियार र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने वर्ष ४१ का दिलीप साह छन् ।

साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरूले उजुरी दिएका थिए । साहलाई प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

साहको घर तथा पसल खान तलासी गर्दा कपाली तमसुक, जग्गा धनी पुर्जा, खाली चेक लगायतका निम्न कागजातहरू तथा कटुवा पेस्तोल १ थान, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान १ बरामद गरेको थियो । साहलाई पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानी सैनिकको कारबाहीमा दश संदिग्ध अतिवादी मारिए
२०८१ वैशाख २४, सोमबार
निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल
२०८१ वैशाख २४, सोमबार
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी
२०८१ वैशाख २४, सोमबार
माधव नेपालले बोलाए संसदीय दलको बैठक
२०८१ वैशाख २४, सोमबार
प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै सभामुख
२०८१ वैशाख २४, सोमबार
२५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद
२०८१ वैशाख २४, सोमबार
आजको मौसम : तीन वटा प्रदेशमा चट्याङ्ग सहित पानी पर्ने
२०८१ वैशाख २४, सोमबार