श्रावण १, २०८२ बिहिबार July 17, 2025

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको निधन भएको छ।

पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो।

मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए। उनी लामो समयदेखि बिरामी थिए। जनरल परवेज मुसर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता हातमा लिएका थिए।

२००१ को जुनमा उनले सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गरेका थिए। सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै मुसर्रफ पाँच वर्षको लागि पाकिस्तानको राष्ट्रपति बने।

२००७ को अक्टोबर-नोभेम्वरमा मुसर्रफले पुन: राष्ट्रपतिको चुनाव जिते। तर उनले गराएको चुनावलाई सर्वोच्चले चुनौति दियो। यस पछि उनले देशमा संकटकाल लागु गर्दै मूख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरे। जसले उनको चुनावलाई वैधानिकता दिए।

२००८ अगष्टमा मुसर्रफले राष्ट्रपति पदबाट राजीनामा दिए। दुई मुख्य पार्टीले उनका विरूद्ध महाअभियोग लैजाने निर्णय गरेपछि राजीनामा दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार