कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आर्थिक समृद्धि र विकासलाई तीव्रता दिन आवश्यक: उप- प्रधानमन्त्री श्रेष्ठ

प्राप्त परिवर्तन र उपलब्धिसँगै जनताले आफैले अनुभव गर्ने गरी आर्थिक समृद्धि र विकासलाई तीव्रता दिन आवश्यक रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताले अनुभव गर्ने गरी विकासलाई तीव्रता दिने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकारको नीति अनुसार भौतिक पूर्वाधार विकासमार्फत जनताको जीवनमा परिवर्तनको अनुभव दिलाउने गरी काम गर्न चाहेको बताउनुभयो ।

उहाँले प्राप्त परिवर्तन र उपलब्धिसँगै जनताले आफैले अनुभव गर्ने गरी आर्थिक समृद्धि र विकासलाई तीव्रता दिन आवश्यक रहेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीका आधारमा काम गर्ने गरी अघि बढेको जानकारी दिनुभयो ।

उहाँले भौतिक पूर्वाधार निर्माणलाई एकीकृत प्रणालीमार्फत सुधार गर्दै लैजान सम्बद्ध निकायका प्रमुखहरूसहितको प्रत्येक दुई हप्तामा एउटा छलफल गर्ने व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरिरहेको काम सुधारका लागि कमी कमजोरी औँल्याइदिन आग्रह गर्नुभयो । मन्त्रालयका सचिव केशवकुमार शर्माले जनसरोकारका विषयमा सूचना दिन मन्त्रालय सधैँ सहयोगी र तत्पर रहेको बताउँदै यथार्थ र सत्य समाचार सम्प्रेषणका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुखहरू, मातहतका विभागका विभागीय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार