श्रावण १८, २०८३ सोमबार August 3, 2026

द अनब्रेकेबलः अगस्त्यमा जोडिएका नाजिर र मलिका

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतको गोरखपुर र बनारसमा छायांकन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो ।

फिल्मले पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको अभिनय रहने जानकारी गराइयो । अघिल्लो महिना फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए ।

सौगात, नाजिर र मलिका पहिलो पटक एकअर्कासँग काम गर्न लागेका हुन् । तर, मलिका फिल्ममा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन । फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन् ।

सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मको कथा उनी स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने जानकारी प्राप्त छ । राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ ।

फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । आगामी वैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार