बैसाख १९, २०८३ शनिबार May 2, 2026

ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहँदा प्रचण्ड पनि पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार दुई नेताबीच छलफल भइरहँदा प्रचण्ड पनि बालुवाटार पुगेका हुन्। विवादित बनेका दुईवटा अध्यादेश सरकारले फिर्ता लिएपछि तीन नेताबीच भेटवार्ता भएको हो।

ओली र देउवाबीच दिउँसो ३ बजेदेखि भेटवार्ता भइरहेको थियो। प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका प्रमुखबीच समसामयिक राजनीतिबारेमा छलफल भइरहेको थापाले बताएका छन। सरकारले विवादित अध्यादेश फिर्ताको निर्णयलगत्तै दुई नेताबीच भेट भएको हो। दुई नेताबीच भेट भइरहेका बेला प्रचण्ड पनि पुगेपछि तीन नेताबीच छलफल भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया