श्रावण १८, २०८३ सोमबार August 3, 2026

अभिनेत्री करिश्माले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी

‘कुनै आधार र प्रमाणबिना मलाई विभिन्न लाञ्छना लगाइन्छ भने म त्यो सहेर बस्न सक्दिन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै एक व्यक्तिका विरुद्ध साइबर ब्युरोमा उजुरी हालेकी छन् ।

उनले डिल्लीराम खनाल नामका एक व्यक्तिले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोप लगाउँदै उजुरी दिएकी हुन् । ‘कुनै आधार र प्रमाणबिना मलाई विभिन्न लाञ्छना लगाइन्छ भने म त्यो सहेर बस्न सक्दिन’ करिश्माले भनिन् ‘जुन युट्युबले प्रसारण गर्‍यो त्यसलाई भन्दा पनि बोल्नेलाई उजुरी हालेकी छु ।’ युट्युबप्रति पनि प्रेस काउन्सिलमार्फत समन्वय गर्ने उनले बताइन् ।

आफ्नो उजुरी साइबर ब्युरोका प्रहरीले सकारात्मक लिएकोले डिल्लीरामलाई कारबाही हुनेमा आफू आशावादी रहेको करिश्माले बताइन् । भनिन्, ‘म आफ्नो संसारमा खुसी छु । मेरो राजनीतिक करियर छ । जथाभाबी लाञ्छना लगाउन मिल्दैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार