मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

संयुक्त राज्य अमेरिकाले रुसलाई अमेरिकी भूमिमा निर्वाध निरीक्षण गर्ने सबै अवसरहरूमाथि प्रतिबन्ध लगायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।

रुसी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ- “रूसी पक्षले नयाँ स्टार्टका प्रावधानहरूसँग हाम्रो देशको ‘अनुपालन नगरेको’ सम्बन्धमा अमेरिकी प्रतिनिधिहरूले गरेको दावीलाई स्पष्ट रूपमा अस्वीकार गर्दछ ।”

“हामी संयुक्त राज्य अमेरिकाको शत्रुतापूर्ण कार्यहरू अनुत्तरित छोड्ने पक्षमा छैनौं ।” संयुक्त राज्य अमेरिकाले रुसलाई अमेरिकी भूमिमा निर्वाध निरीक्षण गर्ने सबै अवसरहरूमाथि प्रतिबन्ध लगाएको छ, जसले गर्दा सन्धिको उल्लङ्घन भएको छ।

यो सन्धि अविभाज्य सुरक्षाको सिद्धान्त र पारस्परिक विश्वास, खुलापन र भविष्यवाणीको आधारमा रणनीतिक सम्बन्ध निर्माण गर्ने अवधारणाद्वारा निर्देशित भए पनि संयुक्त राज्य अमेरिकाका नीतिहरू  आफेमा विरोधाभाषपूर्ण छन् ।

“रूसी पक्षले अन्तरराष्ट्रिय सुरक्षा र स्थायित्व कायम राख्नको लागि एक उपकरणको रूपमा स्टार्टप्रति आफ्नो अटल प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

नयाँ स्टार्ट अनुसार दुई आणविक महाशक्तिहरू बीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धिलाई दुई देशको सहमतिमा अधिकतम पाँच वर्षसम्म लम्ब्याउन सकिन्छ। रूस र संयुक्त राज्य अमेरिकाले सन्  २०२१  फेब्रुअरी  ३ मा आधिकारिक रूपमा पाँच वर्षको लागि सन्धि विस्तार गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार