श्रावण १, २०८२ बिहिबार July 17, 2025

मलावीमा हैजाका कारण एक हजार दुईसय भन्दा बढीको मृत्यु : डब्लुएचओ

सन् २०२२ को मार्चयता करिब ३७ हजार हैजाका बिरामी फेला परे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मलावीमा हैजाका कारण कम्तीमा एक हजार २१० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ ।

सन् २०२२ को मार्चयता करिब ३७ हजार हैजाका बिरामी फेला परेपछि दक्षिणी अफ्रिकी यो मुलुक हैजाको सबैभन्दा खराब प्रकोपसँग जुधिरहेको छ ।

डब्लुएचओले एक विज्ञप्ति जारी गर्दै मलावीका २९ जिल्लामध्ये २७ जिल्लामा सक्रिय सङ्क्रमण रहेको र डिसेम्बरको तुलनामा गत महिना झण्डै तब्बर सङ्ख्याले सङ्क्रमण बढेको जनाएको छ ।

डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पछिल्लो एक महिनामा देखिएको सङ्क्रमणको तीव्र वृद्धिसँगै कडा प्रतिरोध नभएमा प्रकोप अझ खराब हुँदै जाने हो कि भन्ने डर भएको छ ।

Malawi: Cholera Outbreak Intensifies as Rainy Season Continues | Doctors  Without Borders - USA

तर संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले मलावीमा यो सङ्कट विश्वव्यापी रूपमा बढ्दो हैजाको प्रकोपको पृष्ठभूमिमा भइरहेको औंल्याएको छ, जसले ‘खोप, परीक्षण र उपचारको उपलब्धतामा बाधा पु¥याएको छ ।”

प्रकोप सुरु भएदेखि नै मलावीले दुई ठूला खोप अभियान सञ्चालन गरेको छ तर सीमित आपूर्तिका कारण सामान्यतया सिफारिस गरिएका हैजा खोपको दुई मात्रामध्ये एक मात्र प्रदान गरेको छ ।

गत नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घबाट करिब ३० लाख डोज खोपको दोस्रो चरणको आपूर्ति प्राप्त भएको थियो र गत महिना स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सबै डोज प्रयोग भइसकेको बताउनुभएको थियो ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार