कार्तिक २९, २०८३ आइतबार November 15, 2026

उपराष्ट्रपति पुन भन्छन् : बृहत् शान्ति सम्झौता पूर्णरुपमा कार्यान्वय हुन सकेको छैन

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत गर्नुपर्ने काम बाँकी रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उपराष्ट्रपति नन्दबहादुर पुनले बृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताएका छन्।

सोमबार मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको ‘जनयुद्ध दिवस’को अवसरमा बोल्दै उपराष्ट्रपति पुनले मुख्य रुपमा शान्ति सम्झौताको दुई वटा काम अझै बाँकी रहेको बताए। उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत गर्नुपर्ने काम सम्पन्न नभएको बताए।

उनले सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरे। उनले भने, ‘वर्तमान संघीय सरकारले शान्तिप्रक्रियाको बाँकी कामलाई छिटोभन्दा छिटो टुंग्याउन गम्भीर भएर काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’

यस्तै, उनले पुनःसंरचनाअनुसार बनेका ७ वटा प्रदेशमध्ये मधेस प्रदेशले पहिचानको आधारमा नामाकरण गर्न सफल भएकोमा मधेस प्रदेशका संसद, सरकार, राजनीतिक दल, संघ संस्था तथा जनतालाई धन्यवाद दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार