कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बुढीगण्डकी आयोजना ठोस रुपमा अगाडि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम ठोस रुपमा अगाडि बढ्ने बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकाले आज आयोजना गरेको नागरिक सम्मान कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजनाले अहिले पनि ठोस रुपमा गति लिन नसके आयोजना निर्माण काम धेरै पछाडि पर्ने बताए।

“बुढीगण्डकी जलविद्युत् आयोजना हरहालतमा अगाडि बढाउँछौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “यसको निर्माण प्रक्रिया अगाडि बढ्छ, यो हाम्रो दृढता हो ।” उनले गोरखाको बेनिघाट लार्के सडकखण्डलाई बेनिघाट रोइला सडकको रुपमा परिवर्तन गरी निर्माण कार्य अगाडि बढाउने योजनामा सरकार रहेको उल्लेख गरे।

उपप्रधानमन्त्री श्रेष्ठले विकास र सम्मृद्धिलाई गुणात्मक ढङ्गबाट अगाडि बढाउने पक्षमा सरकार रहेको बताए।

राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियामा देशलाई लैजानुपर्नेमा उनले जोड दिए। लोकतन्त्रलाई थप समुन्नत बनाउनु नेपालको पछिल्लो राजनीतिक कार्यभार भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपाली जनताको जीवन फेर्ने विकास र समृद्धिको कामलाई पनि तत्कालको मुख्य जिम्मेवारी बनाउनुपर्ने आवश्यकता औँल्याए।

“हामीले युगान्तकारी परिवर्तनको कुरा गरेर खाली राजनीतिक क्षेत्रको अधिकार मात्र प्राप्त गरेको होइन”, उनले भने, “जनताका जीवनका आवश्यकता पूरा भएर नयाँ जीवन प्राप्त गर्यौँ भनेर त्यस प्रकारको अनुभूति दिलाउने गरी काम गर्नु जरुरी छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार