श्रावण २, २०८२ शुक्रबार July 18, 2025

टर्की भूकम्प : २ सय २७ घण्टापछि ७४ वर्षकी वृद्धाको उद्धार

टर्कीमा भूकम्प गएको दुई सय २७ घण्टापछि एक ७४ वर्षकी वृद्धाकाे जीवितै उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टर्कीमा भूकम्प गएको दुई सय २७ घण्टापछि एक ७४ वर्षकी वृद्धाकाे जीवितै उद्धार भएको छ । टर्कीमा अघिल्लो सोमवार अर्थात् फेब्रुअरी ६ मा गएको पहिलो भूकम्पको केन्द्रविन्दु नजिकै काहरामनमारासमा उद्धारकर्ताहरूले एउटा भवनको भग्नावशेषबाट ती वृद्धालाई जीवितै उद्धार गरेका कतारको सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

त्यही सहरमा भूकम्प गएको दुई सय २२ घण्टापछि पनि एक जना ४२ वर्षकी महिलाको भग्नावशेषबाट जीवितै उद्धार भएको थियो । अदियामान सहरको सात तले अपार्टमेन्टको भग्नावशेषबाट भवन भत्किएको दुई सय १२ घण्टापछि एक ७७ वर्षकी वृद्धाको जीवितै उद्धार भएको छ । टर्कीमा भूकम्प गएको दुई सय पाँच घण्टापछि जीवितै उद्धार गरिएका मानिसहरूको सङ्ख्या कम्तीमा ११ जना पुगेको छ ।

टर्कीमा अघिल्लो सोमवार अर्थात् १० दिनअघि बिहान ७ दशमलव ८ रेक्टर र दिउँसो ७ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म टर्कीमा ३५ हजार चार सय १८ जना र सिरियामा पाँच हजार आठ सय जना गरी ४१ हजार दुई सय १८ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न उद्धारकर्मीहरूले अझै प्रयास गरिरहेका छन् ।

प्रारम्भिक अनुमानअनुसार टर्कीमा ८५ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ । एक दशकभन्दा लामो समयदेखि गृहयुद्धमा रहेको सिरियाको क्षतिको आँकलन भइसकेको छैन । टर्कीको तुलनामा सिरियाको स्थिति अझै दयनीय बनेको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले बताएका छन् । विद्रोहीको पकड रहेको उत्तर–पश्चिमी सिरियामा उद्धारको काम सकिएको भन्दै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले दुवै देशका झन्डै दुई करोड २६ लाख भूकम्प पीडितलाई तत्काल मानवीय सहायता आवश्यक भएको बताउनुभएको एएफपीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार