श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पानामा बस दुर्घटनामा ३३ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आप्रवासीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ जाँदै गरेको बस बुधबार पानामामा मिनीबससँग ठोक्किँदा कम्तीमा ३३ जनाको मृत्यु भएको मध्य अमेरिकी मुलुक पानामाको प्रहरीले बताएको छ ।

पानामाका राष्ट्रिय आप्रवासन निर्देशक समिरा गोजाइनले टेलिमेट्रो प्रसारकसँग भन्नुभयो, “अहिलेसम्म हामीलाई ३३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । यसपहिले राष्ट्रपति लोरेन्टिनो कोर्टिजोले चिरिकीको ग्वालाकामा बिहान भएको दुर्घटनामा परी १५ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको थियो ।

राजधानी पानामा शहरबाट करिब ४०० किलोमिटर पश्चिममा बस दुर्घटना भएको र बसमा चालक र सहचालकसहित ६६ जना सवार रहेको प्रहरी ट्रान्जिट अपरेशनका आयुक्त एमिलियानो ओटेरोले जानकारी दिनुभयो ।

अधिकारीहरूले पीडितहरूको राष्ट्रियता र घाइतेहरूको सङ्ख्याबारे अझै जानकारी दिएका छैनन् । कोर्टिजोले भन्नुभयो, “सरकारले दुर्घटनामा घाइते भएकाहरूको लागि निःशुल्क उपचार सेवा प्रदान गर्ने बताएको छ ।

गोजाइनका अनुसार दुर्घटनास्थलमा तीन जना गम्भीर घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये धेरैलाई एम्बुलेन्समार्फत चिरिकी प्रान्तीय राजधानी डेभिडको एक अस्पतालमा लगिएको छ ।

कोलम्बियासँग सीमा जोडिएको पानामाको पूर्वी क्षेत्र डेरिएनबाट पश्चिमतर्फ कोस्टारिकातर्फ जाँदै गरेको उक्त बसले मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिकासम्म पुग्नेगरी छुटेको थियो ।

सन् २०२२ मा संयुक्त राज्य अमेरिका जाने क्रममा पानामा आउने अनियमित आप्रवासीहरूको सङ्ख्या लगभग दोब्बर भएर दुई लाख ४८ हजार पुगेको छ भने यसमध्ये आधाभन्दा बढी भेनेजुएलाका नागरिक रहेको अध्यागमन प्राधिकरणले जनवरी १ मा दिएको रिपोर्टमा उल्लेख गरिएको थियो । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार