श्रावण २, २०८२ शुक्रबार July 18, 2025

भारत-जापान संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै

“धर्म संरक्षक” अभ्यासले भारतीय सेना र जापानी भू-आत्मरक्षा बलह बीचको रक्षा सहयोगको स्तरलाई अझ बृद्धि गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारत-जापान संयुक्त प्रशिक्षण अभ्यास “धर्म अभिभावक” जापानको शिगा प्रान्तको क्याम्प इमाजुमा फेब्रुअरी १७ देखि मार्च २ सम्म सञ्चालन हुँदैछ।

रक्षा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार “धर्म संरक्षक” अभ्यासले भारतीय सेना र जापानी भू-आत्मरक्षा बलह बीचको रक्षा सहयोगको स्तरलाई अझ बृद्धि गर्नेछ। उक्त संयुक्त अभ्यासका क्रममा दुई राष्ट्रका सेनाहरूले योजना निर्माण गर्ने र कार्यान्वयनमा अन्तर सञ्चालनशीलतालाई बलियो बनाउन विभिन्न किसिमका अनुभवहरू आदानप्रदान गर्नेछन्।

भारतले विभिन्न देशहरूसँग गरेको सैन्य प्रशिक्षण अभ्यासहरूको श्रृङ्खलामा यो जापानसँग हुने एक वार्षिक प्रशिक्षण कार्यक्रम हो। यस कार्यक्रममा वर्तमान विश्वव्यापी परिस्थितिको विकसित पृष्ठभूमिमा दुबै राष्ट्रहरूले सामना गर्ने सुरक्षा चुनौती लगायातका महत्त्वपूर्ण सुरक्षाका आयामहरू समेटिने छन्।

संयुक्त सैन्य अभ्यासले दुई देशबीचको अन्तरसञ्चालन क्षमता, सौहार्दता र मित्रताको विकास गर्नुका साथै संयुक्त राष्ट्रसंघको जनादेश अन्तर्गत रणनीतिक कार्य सञ्चालन गर्नका लागि रणनीति, प्रविधि र प्रक्रियामा उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्दै देशका सेनालाई सक्षम बनाउँनेछ।

यसैगरी प्रशिक्षण मुख्यतया उच्च स्तरको शारीरिक तन्दुरुस्ती र रणनीतिक स्तरमा अभ्यास साझेदारीमा केन्द्रित हुने पनि आयोजक पक्षले बताएको छ। अभ्यासका क्रममा सहभागीहरूले संयुक्त योजना, संयुक्त रणनीतिक अभ्यास र एकीकृत स्थापनाको आधारभूत विषयहरूमा संलग्न हुनेछन्।

संयुक्त अभ्यासले दुवै सेनाहरूलाई एकअर्कालाई अझ राम्रोसँग चिन्न र उनीहरूको पैशागत अनुभवहरू साट्न सहयोग पुर्याउँनेछ। भारतीय सेनाको टुकडी यस अभ्यासमा भाग लिन फेब्रुअरी १२ मा जापान आइपुगेको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार